पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी बढाउन आग्रह

पाेखरा | असार १८, २०७९

पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी बढाउन आग्रह

 

पोखरा :      पोखरा महानगरका मेयर धनराज आचार्यले पोखराको पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् । शुक्रबार पोखरामा देशभरका वाणिज्य बैंकका सिइओसंगको भेटमा उनले यस्तो आग्रह गरेका हुन् । महानगरले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै उनले यसका लागि पूर्वाधारमा लगानी अनिवार्य रहेको बताए । 

 

विमानस्थल सञ्चालनका लागि फोहोर व्यवस्थापनको चुनौति भएपनि त्यसलाई छिट्टै सल्टाउने उनले बताए । आउने १ जनवरीमा विमानस्थल जसरीपनि सञ्चालनमा ल्याउनका लागि पहल भइरहेको भन्दै उनले विमानस्थल सञ्चालसंग जोडिएका पर्यटकीय पूर्वाधारमा लगानी चाहिएको बताए । 

 

‘हामीले पहिलो प्राथमिकतामा पर्यटनलाई राखेका छौं । एयरपोर्ट छिट्टै सञ्चालनमा आउनेवाला छ । त्यसका लागि हामीले आफ्नो तर्फबाट गर्नुपर्ने काम छिट्टो गर्नेक्रम अगाडि बढाएका छौं । एयरपोर्ट सञ्चालनमा आएपछि त्यससंग जोडिएका पर्यटकीय पूर्वाधारको खाँचो छ । त्यसका लागि निजी क्षेत्र अगाडि बढ्नुपर्छ । अझ बैंकहरुको ठूलो लगानी त्यसका लागि चाहिन्छ । त्यसैले यहाँहरुले पर्यटनको क्षेत्रमा सहजढंगले लगानी बढाउनु हुनेछ भन्ने अपेक्षा राखेको छु’ उनले भने । 

 

मेयर आचार्यले लगानीमैत्री वातावरण बनाउन पोखरा महानगर तत्पर रहेको जानकारी दिए । बैंकका सिइओहरुले पोखरा त्यसमा पनि खास गरेर लेकसाइडका घरहरुलाई महानगरले सम्पन्नता नदिँदा लगानी गर्न समस्या रहेको बताएपछि मेयर आचार्यले फेवा मापदण्ड बाहेकका बाँकी समस्या छिट्टै हल गरिने प्रतिवद्धता जनाएका छन् । ‘फेवा तालको मापदण्डको विषय अहिले सर्वोच्च अदलतमा पुगेको छ । यस विषयमा फैसला आएपछि नै केही गर्न सकिन्छ । बाँकी विषय छिट्टै एउटा विधिले हल गर्छौं । यसका लागि केही समय हेर्नुहोला’ उनले भने । 

 

मेयर आचार्यले पोखरामा केही गर्नकै लागि आफू आएको भन्दै पाँच वर्षमा केही परिवर्तन भएको अनुभुति गराएरै छाड्ने अठोट व्यक्त गर्दै त्यसका लागि सहजढंगले बैंक वित्तिय क्षेत्रले सहयोग गर्नुपर्ने उनले धारणा राखे । 

 

मेयर आचार्यले बैंकको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्नका लागि खर्चिने रकमलाई पनि पोखरामा उपयोग गर्न आग्रह गरे । सामाजिक उत्तरदायित्व अन्तर्गत खर्चगर्ने रकमले सुधारका केही काममा जिम्मा लिन नै उनले आग्रह गरेका छन् । 

 

कार्यक्रममा बोल्दै बैंकर एसोसिएसनका अध्यक्ष अनिल कुमार उपाध्यायले बैंक वित्तिय संस्था पोखरामा लगानीका लागि तयर रहेपनि केही झन्झट रहेको औल्याए । उनले सम्पन्नता नलिएका पूर्वाधारमा लगानी गर्दा जोखिम हुने र विभिन्न खालका मापदण्डका कारण लगानी डुब्ने जोखिम रहेको उनले बताए । तर, अबका दिनमा भने लगानीमैत्री वातावरण बन्नेमा आफूहरु आसावादी रहेको उनको भनाई छ । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्